मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःखपाए : मन्त्रीपुन

Ujyalosandeshonline 12466+ समाचार ( )
२० मंगशिर २०८२, शनिबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । 

उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवापाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् । यस्ता धेरै कुराहरु आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरुले दुःखपाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौ भन्ने कुरा बुझ्नको लागिइतिहास पनि हेर्नुपर्ने हुन्छ ।’

यस्तै, उनले नेपालमाकेही गर्नुपर्यो भने पैसा नै छैन् भन्ने कुरा आफू शिक्षा मन्त्री भएर मन्त्रालयमा जाँदा देखि रहेको र यो समस्या पहिलै देखि नै विद्यमान रहेको बताए । नेपालमा नेपालीहरुले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरु आफै भएको पनिउनको भनाई छ ।

उनले भने, ‘नेपालमा नेपालीहरुले धेरै दुःखपाएका छांै । कुनै कुनै नेपालीले सुख पाउनु भएको छ होला। तर अधिकांश नेपालीहरुले दुःख पाएका छन् । त्यसमा हामीले नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दुःख पाएको हो । व्यक्तिविशेष कुरा होईन्, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन् ।’

उनले देशमा खासगरि विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरुले नेपालमाअवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि बताए । अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार