मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन रुपन्देही प्रहरीको आग्रह

Ujyalosandeshonline 12611+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होली पर्व सभ्य रुपमा मनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।साथै, पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरिएको छ। जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।

होली पर्वलाई लक्षित गरी जिल्लाभर करिब आठ सय ८० जना प्रहरी परिचालन गरिएको उनले बताए । ‘सर्वसाधरण हरुलाई सभ्य रुपमा होली पर्व मनाउन अपिल गरेका छौं र पर्व लक्षित सुरक्षा योजना बनाएर लागु पनि गरेका छौँ’,उनले भने, ‘यदि पर्वमा कसैले नियम विपरित कार्य गरेको पाइए पक्राउ गरेर कारवाही गर्छौं।’ शान्तिपूर्ण रुपमा पर्व सम्पन्न गराउनका लागि वर्दीमा साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ। भीडको बीचमा समेत सादा पोसाकमा हुने प्रहरीले उच्छृङखल गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने प्रहरीको योजना छ।

कसैको इच्छा विपरीत लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडा नगर्न, मंहगा गहना लगाएर होली खेल्न स्थानमा नजान लगायत रुपन्देही प्रहरीले आग्रह गरेको छ। साथै, प्रहरीले कुनै समस्या परेमा वा अपराधिक गतिविधि हुन लागेको वा थाहा भएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको १००, ०७१५७०१९९, ९८५७०९०६२२, ९८५७०४९३४२ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ स्मरण गराउँदै होली पर्वमा शान्ति सुव्यवस्थामा खलल पुर्याउने कानुन विपरित कार्यहरु नगर्न आग्रह गरेको छ।

शान्ति सुरक्षामा असर पर्ने गर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, हानिकारक वस्तु दल्ने, डोरीले बाटो छेकेर पैसा उठाउने लगायतका कार्य नगर्न र वातावरण तथा स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका मिसावटयुक्त रंगवस्तु केमिकल, प्लाष्टिकजन्य लोला आदी विक्री वितरण गर्ने कार्य नगर्न जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार