मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

रासस 719+ समाचार ( )
९ माघ २०८२, बिहीबार

गण्डकी । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको  आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता प्रदर्शनी गरिएको हो ।

उत्पादक र उपभोक्तासँगै सरोकारवालाको उपस्थितिमा गरिएको प्रदर्शनीमा पोखरा महानगरका २३ वटा वडा सहभागी बनेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उहाँले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।मेलामा १०० भन्दा बढी जडिबुटी, ६५ थरी धान, रैथाने मसाल बाली, कोशे बाली आदिका प्रजातिहरू प्रदर्शनमा राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार