तम्घासमा पाँचौ पुलचोक कप छात्रा फुटबल प्रतियोगिता हुँदै

मनु सुनार 31+ समाचार ( )
तस्बिर : पाँचौ पुलचोक कपको शिल्ड अनावरण गर्दै रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर
१० भाद्र २०८१, सोमबार

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा पाचौं पुलचोक कप आयोजना गरिने भएको छ । आइतबार आयोजक पुलचोक स्पोर्टस क्लब रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घासले पाचौं पुलचोक कपको शिल्ड अनावरण गरेको छ ।

 रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले पुलचोक कपको शिल्ड अनावरण गर्नुभयो । शिल्ड अनावरण गर्दै प्रमुख अतिथि   कुँवरले छात्राहरुलाई क्लबले खेलकुदको क्षेत्रमा अगाडी बढाएको भन्दै खुसि व्यक्त गर्नुभयो ।  

सदरमुकाममा विगत ६ बर्ष देखि क्रियाशिल पुलचोक स्पोर्ट्स क्लबले माध्यमिक विद्यालयस्तरका छात्राहरुलाई हरेक बर्ष फुटबल प्रतियोगिता आयोजना गरेर महिलाहरुको खेलकुद विकासमा  योगदान  पुर्‍याउँदै आएको छ । 

यस क्लबले महिला खेलाडी उत्पादन गरेर राष्ट्रियस्तर सम्म पुर्‍र्याउन खेलेको भुमिकाप्रती उपप्रमुख  कुँवरले धन्यवाद समेत ज्ञापन गर्नुभयो । युवाहरुलाई रचनात्मक र खेलक्षेत्रको विकासका लागि स्थानीयतहले हरेक क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । 

स्थापनाको छोटो समयमै छात्राहरु बीच फुटबल प्रतियोगिता आयोजना गरी खेलकुदको विकासमा महत्वपूणर् भूमिका निर्वाह गरेको वडाअध्यक्ष निरञ्जन थापाले बताउनुभयो । शिल्ड शौजन्य तम्घास शुभलक्ष्मी क्लिनिकले गरेको छ । विगतमा खेल मैदानमा महिला खेलाडी देख्न मुस्किल पथ्र्यो । 

अहिले खेलकुद विकासमा क्लबले खेलेको भूमिकाबाट प्रभावित भई आफुले शिल्डको सौजन्य गरेको क्लिनिकका सञ्चालक होम पल्लीले बताउनुभयो । 

चिदिचौर खेलमैदानमा भदौ १२ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन गरिने क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम पुरस्कार रु.३३  हजार ३ सय ३३, दोश्रो पुरस्कार २२ हजार २२२ तथ शिल्ड, मेडल  र  प्रमाणपत्र  प्रदान  गरिनेछ ।

क्लबका  खेल  संयोजक  तस्लिम  अलिका अनुसार प्रतियोगितामा महेन्द्र नमूना माध्यमिक विद्यालय तम्घास, रिडर्स पब्लिक हाइस्कुल खानिगाउँ,  लिटिलस्टार बोर्डिङ स्कुल दुविचौर रेन्वो बोर्डिङ्ग स्कुल बलेटक्सार, पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका-२, तम्घासको गण्डकी बोर्डिङ्ग स्कुल, खानिगाउँको सिद्धबाबा माध्यमिक विद्यालय, तम्घासकै रेसुङ्गा माध्यमिक विद्यालय,  भाडगाउ माध्यमिक विद्यालय, ब्रिलियण्ट युनाइटेड एकेडेमी, अर्जुन  आवासिय  माध्यमिक विद्यालय, जनसहयोग माध्यमिक विद्यालय,आदर्श विद्या आश्रम बोर्डिङ्ग स्कुल र उपल्लो तम्घास माध्यमिक विद्यालय यस प्रतियोगितामा सहभागी हुनेछन् ।  

यस क्लबले महिलाहरुको खेलकुद विकासको अलवा टोल-टोलमा सरसफाई, आर्थिक अभावका कारण उपचार पाउन नसकेका मानिसहरुलाई आर्थिक सहयोग गर्ने देखि विभिन्न सिर्जनशिल कार्य गर्दै आएको छ । क्लबका अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षता र महासचिव उमेश  पाण्डेको सञ्चालनमा प्रतियोगिताबारे एक औपचारिक कार्यक्रमका बीच जानकारी गराइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार