मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

सिम्रिक एयर २३औं बर्षमा : नेपालमै पहिलोपटक हेलिपोर्ट निर्माणको तयारी

Ujyalosandeshonline 11304+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी जानकारी दिएका छन् । 

संचालनका २३ वर्षमा हेलिकर्मी र हेलि प्रयोगकर्ताबीच नवीनता र विशेषज्ञता प्रश्तुत गर्दै छुट्टै पहिचान बनाई आफूलाई अग्रणी सस्थाका रुपमा स्थापित गर्न सफल रहेको कम्पनीको दाबी छ । 

कम्पनीले नयाँ खोज अनुसन्धान प्रयोग अघि बढाउने सिलसिलामा नेपालमै पहिलोपटक हेलिपोर्ट स्थापना गर्ने लक्ष्य लिएको छ भने हेलिपोर्ट निर्माणका लागि भौतिक काम पनि अगाडि बढिसकेको जानकारी दिएको छ । 

उद्धार, प्रकोप, क्षती न्यूनीकरणका साथसाथै हेलिकप्टर संचालनले नेपाली पर्यटन व्यवसायमा दक्षता बढेको छ र केही अतुलनीय स्तम्भहरु खडा हुदँै आइरहेको जनाउको छ । 

कम्पनीले सन २०१२ मा नेपालमै पहिलो पटक AS350 B3e Helicopter ल्याई बजार माझ नयाँ हेलिकप्टरको व्यवसायिक परिदृश्य पेश गरेको थियो भने सोही अवधिदेखि लङ् लाइन उद्धारलगायतका प्राविधिक उद्धार गरि सयौं व्यक्तिहरुको ज्यान जोगाउन सफल भएको वार्षिकोत्सवका अवसरमा जारी विज्ञप्तिमा जनाएको छ । 

‘हवाई उद्योग स्थापनामै महत्वपूर्ण भूमिका खेलेको यस सिम्रिक एयरको गौरवशाली २३ वर्षको इतिहासका बीच थप उचाई कायम गर्दै यस हेलिकप्टर उद्दममा पारदर्शिता, प्रभाव र प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने उद्देश्यले हेलिकप्टर सम्बन्धि विभिन्न आयाम सम्मेलित पहिलो र एकमात्र म्यागजिनका रूपमा हेलिकप्टर नेपालको पहिलो अंक प्रस्तुत गरेको छ,’ प्रेस नोटमा भनिएको छ । 

कोभिड महामारीको अवस्थामा कम्पनीले नेपालमै पहिलो पटक जैविक आइसोलेशन कक्ष भित्रयाई कोभिड बिरामी स्थानान्तरणको काम शुरु गरेको थियो । जसबाट कम्पनीले कुल २५० बिरामीलाई बिभिन्न क्षेत्रबाट हेलिमार्फत हस्पिटल लगि विरामीको ज्यान जोगाउन सफल भएको बताएको छ । 

उक्त प्रविधीको प्रयोग गरी अन्य सम्पूर्ण हेलिकप्टरहरुले हजारौ नेपाली कोभिड विरामीहरुको ज्यान जोगाएको थियो । २०१५ को भूकम्पमा यस हेलिकप्टरले सर्वप्रथम भूकम्पीय क्षतीको अवलोकन गरि उद्धार कार्यमा सक्रिय रुपमा परिचित भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार