मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

काठका भाँडा बनाउने आधुनिक प्रविधि, मनग्गे आम्दानी

Ujyalosandeshonline 12547+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

रामेछाप । विगतमा परम्परागत रूपमा गरिँदै आएको काठमा भाँडा बनाउने पेसा प्रविधिको विकाससँगै आधुनिक बनेको छ । आधुनिक प्रविधिको प्रयोगबाट काठमा ठेकी, हर्पे, आरी, ढुङ्ग्रालगायतका भाँडा बनाएर यस पेसामा संलग्न मानिसले राम्रो आम्दानी गर्ने गरेका छन् । 

विगतमा काठका भाँडा बनाउनेलाई चुँदारो भनिन्छ । पानीमा काठको फिर्के घुमाएर त्यसमा काठ काट्ने धारिलो फलामको मानी राखेर काठको आकार र आवश्यकता अनुसारका भाँडा बनाउने गरिन्थ्यो । अहिले प्रविधिको प्रयोग गरी मोटर चलाएर काठका भाँडा कुँद्ने काम हुन लागेको लामो सयदेखि सो काममा संलग्न रामेछापको खाँडादेवी गाउँपालिका–४ का मङ्गलबहादुर बिक बताउँछन् । २५ वर्षको उमेरदेखि काठका भाँडा कुँद्दै आएका मङ्गलबहादुर अहिले ६४ वर्ष हुँदापनि यही काममा छन् । 

विगतमा खोलाको पानी कुलोबाट झारी फिर्के घुमाएर भाँडा कुँद्दै आएका बिक अहिले गाउँमा घरमा नै मोटर राखेर काठमा भाँडा बनाउँछन् । खोलाको चिसोमा बसेर गर्नुपर्ने काम अहिले घरभित्र न्यानोमा गर्न मिल्ने भएको छ । ‘पहिला खोलाको चिसोले शरीर सबै सुन्निन्थ्यो, अहिले त धेरै सजियो भयो’, विकले भने । 

पानीबाट फिर्के घुमाएर भन्दा बिजुलीबाट मोटर घुमाएर काम गर्दा काम गर्न पनि सजिलो र छिटो हुने मङ्गलबहादुरको अनुभव छ । मोटरमा फिर्के घुमाउने शक्ति बढी हुने भएको कारण कामलाई छिटो र सजिलो बनाएको छ । 

काठका ठेकी, हर्पे, ढुङ्ग्रो, आरी लगायतका घरायसी प्रयोगका सामान तथा विभिन्न कलात्मक सामान बनाउँदै आएका मङ्गलबहादुरले एक लिटर दही÷मोही अट्ने भाँडालाई पाँचसय रुपैँयासम्म लिने गरेका छन् । यस हिसाबले एउटा ठेकीको ५÷६ हजार रुपैँयासम्म पर्दछ । उनले बनाएका साना–साना काठका सामानको न्यूनतम मूल्य पनि पाँचसय रुपैँया पर्दछ । 

आफूले दार र कटहरको काठका भाँडा मात्र बनाउने गरेको मङ्गलबहादुरले बताए । दार र कटहरको ठेकी भाँडामा दही, मोही र घिउ राम्रो हुने बताइन्छ । काम अनुसारको कमाइमा आफू सन्तुष्ट रहेको उनले बताए । ‘मिहिनेत अनुसारको कमाइ राम्रो छ, काम र कमाई दुवै कुराबाट सन्तुष्ट छु’, उनले भने । 

बजारमा आएको आल्मोनियम तथा प्लास्टिकका भाँडाहरूले काठमा भाडाको बजार केही कम भए पनि आफूले उत्पादन गरेको सामानको बिक्रीमा कुनै समस्या नभएको मङ्गलबहादुर बताउँछन् । आफूले बनाउने ठाउँमा आएर मानिसहरूले सामान किनेर लैजाने गरेका उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार