मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

Ujyalosandeshonline 12724+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ  । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस् । 

त्यस्तै, उनले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे । सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ । 

उनले भने, ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन् । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार