मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

Ujyalosandeshonline 12461+ समाचार ( )
१० पौष २०८१, बुधवार

भैरहवा । भैरहवा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोलअन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो ।

यसअघि जिल्ला सुरक्षा समितिले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । यस्तै, सुरक्षा समितिले सेमिफाइनलमा सिद्धार्थनगर नगरपालिकाको टिमलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

उपबिजेता बनेको लुम्बिनी प्रेस क्लब बी टिमले सिद्धार्थ उद्योग बाणिज्य संघको टिमलाई ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रेस क्लबले सेमिफाइनलमा बाइ पाएपछि सुरक्षा समितिसँग उपाधिका लागि प्रतिस्पर्धा गरेको थियो ।

सिद्धार्थनगर नगरपालिकाको टिमले लुम्बिनी प्रेस क्लव ए टिमलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर, सेमिफाइनल पुगे पनि जिल्ला सुरक्षा समितिसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो ।

प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरे, क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष सोमबहादुर गुरुङ, क्लबका पूर्वअध्यक्ष नरेश केसी, प्रहरी नायव उपरीक्षक सुरज कार्की, खेल संयोजक भीम भण्डारी लगायतले बोल्दै यस्ता प्रतियोगिताले एकता, आपसी भाइचारा र भातृत्व बिकास गर्ने जनाए । बिजेता र उपबिजेता टिमलाई लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आगामी पुष १४ गते हुने स्थापना दिवसको विशेष समारोहमा पुरस्कृत गरिने महासचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार