मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

त्रिकोणात्मक टी–२० सिरिज : फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

Ujyalosandeshonline 12611+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ । 

नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ । आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो । शुक्रबार भने नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकाल्दा फाइनल खेल्ने सम्भावना जिवितै रहेको छ । त्यसैले आजको खेलमा नामिबियालाई हराउनै पर्ने दबाब नेपाली टोलीमाथि छ । 

नामिबियाविरुद्ध नेपालका कुशल मल्ल, गुलसन झा, अनिल साहले ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दा बलिङतर्फ करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई ÷दुई विकेट लिएर खेल जिताए । करण महँगो सावित भए पनि उनैले अन्तिम डेथ ओभरमा नेपाललाई तीन रनको रोमाञ्चक जित दिलाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार