मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज

Ujyalosandeshonline 12548+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले फेरी नियमित सेवा दिने भएका छ। यस अघि पनि हप्ता तीन दिन उडान देखि दैनिक उडान सेवा दिएको जजिराको बीच सेवा रोकिन पुगेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरा एयरवेजसँग विमानस्थल सञ्चालन हुने समय भित्र सेवा प्रदानका लागि उडान तालिका माग गरेका थियो ।

जसअनुसार जजिराले जाडोयामको सेवा प्रदानका गर्नका लागि तालिका सहितको पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनका अनुसार जजिराले ६ः२५ मा विमानस्थलमा आएर ७ः३० मा उडान गर्ने गरी अनुमतिका लागि पत्र पठाएको छ । पत्र स्वीकृत पश्चात जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा फेरी नियमित उडान सेवा प्रदान गर्नेछ।

विमानस्थल बन्द भइसकेको समय (रात) को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाइ उडान संचालन गर्दा विभिन्न छुट र सहुलियत दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार