मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

छायाँनाथ रारा नगरपालिका मुगुको पहिलो साक्षर घोषणा पालिका

Ujyalosandeshonline 12611+ समाचार ( )
२ अशोज २०८१, बुधवार

मुगु । मुगुमा रहेका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका पहिलो साक्षर घोषणा पालिका बनेको छ । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा छायाँनाथ रारा नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको हो । 

नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने र केही सूचक पूरा भएपछि साक्षरता जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको नगर प्रमुख विष्णु कुमार भामले बताए । 

नगर प्रमुख भामका अनुसार नगरपालिका भर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो । सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ ।

निर्धारण गरिएका राष्ट्र भाषा वा मातृ भाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिनेछ । साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशक्ति तयार गर्नु प्रमुख चुनौति रहेको समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार