मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

सरकारमा भएका नेताहरु विचौलिया र दलालहरुको हातमा छन् : प्रचण्ड

Ujyalosandeshonline 10783+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति विचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाएका छन् । 

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरु विचौलियाको भूमिकामा रहेको आरोप लगाए । उनलेरातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारमा रहेका राजनीतिक दलका नेताहरुको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालहरुको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर विचौलियाहरुले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौंनत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरुभन्दा बाहेक केही पनि देखिएन ।’

उनले दलाल विचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दैअब आफुहरुले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए । 

उनले भने,‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरुको पनि आत्मसमीक्षा ग¥यौं । दलाल विचौलियाहरुले त आफ्नो संख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।’ 

अध्यक्ष दाहालले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार