मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

छिपागढमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ पौष २०८०, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा सिद्धार्थ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्त्रीरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन् ।

रोहिणी–४ स्थित छिपागढ सामुदायिक भवनमा भएको शुक्रबार शिविरमा १६५ जना महिलाको स्वास्थ्य परीक्षण भएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए । उनका अनुुसार शिविरमा आएका महिलाको रगत परीक्षणका साथै औषधी समेत वितरण गरिएको थियो ।

ग्रामीण क्षेत्रका बिरामीहरु विशेष गरी महिलालाई लक्षित गरेर शिविर आयोजना गरिएको गुप्ताले बताए । उनले भने, ‘स्वास्थ्य सम्बन्धी समस्या भएर पनि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु शिविरबाट लाभान्वित भएकोमा विश्वस्त छौं ।’

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्वास्थ्य नै मानिसको ठूलो सम्पत्ति भएको बताए । उनले यस्ता स्वास्थ्य शिविरले रोगको पहिचान गरी उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

रोहिणी गाउँपालिका र नेपाल सीएलसी परियोजनाको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको आयोजकले जनाएका छन् ।

संजय कुमार गुप्ताको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, गाउँ कार्यपालिका सदस्य नियामत अली, युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसी, दिल्ली यादव, धनेश्वरी चौधरी, नेत्रमाणी पाण्डे, दुर्गा घर्ती, मनोज पन्त, बमबहादुर श्रेष्ठ, स्वास्थ्य चौकी इन्चार्ज उदयराज अधिकारी र ईमरान खानले भनाइ राखेका थिए । मीना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार