मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

हुन्डाईको क्रेटा ईभीमा के छ विशेषता ?

Ujyalosandeshonline 12334+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कार क्रेटा ईभी सार्वजनिक गरेको छ । क्रेटा आइसीइ (मेड इन नेपाल) पनि सार्वजनिक गरेको छ । भारत मोबिलिटी ग्लोबल एक्स्पो–२०२५ मार्फत ईभी कार भारतीय बजारमा सार्वजनिक भएको थियो । हुन्डाई क्रेटा ईभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तनहरू गर्दै अझ आकर्षक बनाएको छ ।

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसीइ (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ । सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०२५ मा आयात गरिने आईसीइ मोडलहरूको मूल्यमा तुलना गर्दा नौं लाखसम्म कम गएको कम्पनीका सेल्स हेड दिवाकर रेग्मीले जानकारी दिए ।

नेपाली बजारमा पहिले देखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा कम्पनीले गरेको छ ।

क्रेटा ईभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध रहेको छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम छ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न चार घन्टा लाग्छ ।

अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ ।

यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।क्रेटा ईभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो देखिन्छ । यद्यपी, नयाँ बम्पर डिजाइनमा भने अझ आकर्षक बनाएको छ । हुन्डाईको लोकप्रिय एसयूभी क्रेटा नेपालमै बन्न थालिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार