मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

वन विकासका बाधकऐन कानुनहरु संशोधन गरिन्छ : मन्त्री शाही

Ujyalosandeshonline 12547+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको प्रभावकारी विकासको लागि ऐन कानुनहरु बाधकको रुपमा रहेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सरकारको नीति तथा कार्यक्रममा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफलमा उनले बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गरेर आगामी दिनमा सहज रुपमा लैजाने प्रतिबद्धता जनाए । 

उनले भने,‘वन मन्त्रालयको विकासको बाधक वा वनसँग जोडिएका कानुनहरु छन्,ऐनहरु र नियमावली छन् ।तर बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गर्नु जरुरी छ ।’

उनले विकास पनि गर्नुपर्ने र वनलाई पनि जोगाउनुपर्ने कर्तव्य रहेकाले दुइवटा कुरालाई सँगसँगै लैजानका लागि धेरै जटिल रहेको धारणा राखे । विकास र वनको संरक्षणलाई सँगै लैजान केही ऐनहरु  र नियमावली संशोधन गर्ने र नयाँ कानुनहरुको निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार