मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

Ujyalosandeshonline 12614+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

जनकपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् ।मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्येनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् । 

उनले सिँचाईको समय एक महिना मात्र बाँकी रहेकाले तीव्र गतिमा स्थान छनोट, ट्रान्सफर्मर जडानलगायतका कार्यहरु अगाडि बढाउन निर्देशन दिएका छन् । किसानले बोरिङ जडान गर्न माग गर्नु भन्दा पहिला नै सम्बन्धित स्थानिय तह र निकायहरुसंग समन्यव गरेर बोरिङ जडान गरिसक्न उनले निर्देशन दिए । आवश्यक परेको खण्डमा उनले बोर्डरबाट थप ट्रान्सफर्मरसमेत मगाउने बताए ।

बोरिङ जडान भएपश्चात न्यूनतम शुल्क तोकेर स्थानीय तह र अन्य निकाहरुसंँग सो रकम असुल उपर गर्नेगरी बिजुली प्रदान गर्ने शाक्यले जानकारी दिए । ८ रुपैयाँ तिरेर ल्याएको बिजुली निःशुल्क दिन नसक्ने भन्दै उनले थोरै रकम भएपनि लिएर मात्र बिजुली दिने स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार