मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो

Ujyalosandeshonline 11540+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।

शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरको अन्तिम एक बलमा दुई रन आवश्यक थियो । नेपालले जितेको खेल समेत अन्तिम ओभरमा गुमायो । अन्तिम बलको सामना गरेका ब्याटर कुशल भुर्तेल रन आउट भएपछि नेपालले जितिसकेको खेल गुमाएको हो । खेलको १८.२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको थियो नेपालले ६ बलमा तीन विकेट गुमायो हो । त्यसपछि दबाबमा परेको नेपाललाई खेलमा फर्किन मुस्किल भयो ।

नेपालका लागि ४९ बलको सामना गरेका ओपनर आसिफ शेखले ४ चौका र १ छक्का प्रहार गरी ४२ रनको पारि खेले । अनिल कुमार साहले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रनको जोडे  । यस्तै, ओपनर कुशल भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडे । दिपेन्द्र सिंह ऐरिले ६ रन जोडे । नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाउन पुग्यो ।

दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने क्याप्टेन आइदेन मार्करम र एनरिच नोर्टले समान १ –१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रनको पारि खेले । यस्तै, ट्रिस्टान स्टुब्सले २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १९ रन खर्चिएर ४ लिए । यस्तै, ऐरीले चार ओभर बलिङ गरेका अलराउण्डर दीपेन्द्रसिंह पनि २१ रन खर्चिएर ३ विकेट निकाले । यो सँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार