हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार गरेका छन् । आज मुख्यमन्त्री कार्यालयको सभाहलमा प्रदेशका मन्त्रीहरु संग वर्षभरी गरिने महत्वपूर्ण कामहरुको विवरण समेट्नै कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
पहिलेका मुख्यमन्त्रीहरु जस्तै अहिलेका मुख्यमन्त्रीले पनिमन्त्रीहरु संग कार्य सम्पादन करार गरेका हुन् । हरेक वर्ष यसरीनै करार गर्ने, तर, पछी सम्म के–के काम भयो अनी कुन कुन् काम बाँकी रहे भनेर लेखा जोखा गर्ने भन्दा पनि सम्झौता मात्र यस प्रदेशमा गर्ने चलन रहेको छ । अब प्रदेशका प्रत्येक मन्त्रालयका मन्त्रीहरुले सचिबहरुसँग यसैगरी कार्यसम्पादन सम्झौता गर्ने छन् ।
मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङसँग करार सम्झौता गरेका छन् ।
यस्तै, अर्थमन्त्री कुन्दन राज काफ्ले, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरचन्द्र लामिछाने, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का र संस्कृति पर्यटनतथा सहकारी मन्त्री विमल ठकुरीले पनि मुख्यमन्त्री सँग करार सम्झौता गरेका छन् ।
करार सम्झौता कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीन कृष्ण महर्जन भने उपस्थित भएनन् भने बिना विभागीय मन्त्री मदु कुमार श्रेष्ठले भने जिम्मेवारी नपाएका कारण करार सम्झौता लिएका छैनन् ।
मुख्य मन्त्री लामाले गरेको कार्य सम्पादन सम्झौता अनुसार गत साउन १ गतेबाटै प्रारम्भ हुने उक्त करारको अवधि २०८१ असार मसान्त सम्म रहने उल्लेख छ ।
यस्तै, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि असोज मसान्त सम्म तयार गर्नुपर्ने, खरिद प्रक्रिया र टेण्डर सम्बन्धीकार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्नुपर्ने, कार्य सम्पादनका लागि आवश्यक सहजीकरण र अन्तर निकाय समन्वयको लागि जिम्मेवारी दिने पदाधिकारीले सहजीकरण गर्नुपर्ने लगायत सम्झौतामा उल्लेख छ ।
कार्य सम्पादन सम्झौता करारको अवधि समाप्त नहुँदै कार्य सम्पादन गर्ने÷गराउने सार्वजनिक पदाधिकारी आफू पदमा बहाल नरहेमा उक्त जिम्मेवारी प्राप्त गर्ने नयाँ पदाधिकारीले सम्पादन गर्नुपर्ने व्यवस्था सम्झौता पत्रमा उल्लेख छ । करारमा उल्लेख भएदेखि बाहेक नव प्रवर्द्धनात्मक र नियमित कार्यहरु समेत गर्न सक्ने अधिकार सम्झौतामा समावेश गरिएको छ । मुख्यमन्त्री लामाले सरकारको काम कारबाहीलाई व्यवस्थित बनाउन मन्त्रीहरूसँग सम्झौता गरेको बताए ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मन्त्रालयहरूको कार्यसम्पादन करार सम्झौता गरिएकोबताए ।
उनले भने, ‘मन्त्रालयहरुले कुन कुन महिनामा कार्यविधि बनाउन पर्ने? कुन कुन महिनामा बजेट बनाउने तथा कुन महिनामा सबै कामहरु सम्पन्न गर्ने? लगायतका विषयहरू समेटिएको छ । यसै कार्यसम्पादन करार सम्झौता अनुसार प्रदेशका मन्त्रालयले गतिविधि अघि बढाउने छन् ।’
मुख्य मन्त्री लामाका अनुसार प्रदेश सरकारका सेवाहरू १३ वटै जिल्लाबाट प्रवाह गर्ने गरी काम सुरु भएको छ ।