मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । यहाँको भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज करिब ९ः०० बजे प्रारम्भिक नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा उहाँहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ । ती उम्मेदवारीमाथि आजै राति दाबी विरोध र छानबिनपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । मतदान पुस १ गते दिउँसो १ः०० बजेपछि हुने तालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार