मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

रकम ठगी वा असुली कार्यमा संलग्न आठजना पक्राउ

Ujyalosandeshonline 12442+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो । 

विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । 

माधवनारायण नगरपालिका ७ लौकाहा गाउँ बस्ने ५२ बर्षीय रामनाथ माझी, ३२ बर्षीय प्रकाश माझी, गरुडा नपा ९ गेडहीगुठीका २५ बर्षीय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर ५ शिवनगरका ७१ बर्षीय मुगलाल महरा, वडा नम्वर ९ का ४५ बर्षीया रामकली देवीलाई पक्राउ गरेको हो ।

गरिव असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउँदै रकम ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार माधवनारायण नगरपालिका–८, रजवडा टोलका स्थानीय विपन्न वर्गका मानिसहरूलाई आवास बनाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि नियन्त्रणमा लिएको हो । 

मधेश प्रदेशको सहरी विकास मन्त्रालयबाट गरिब र विपन्न वर्गका घर परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको भनी विभिन्न प्रलोभन देखाई प्रतिघर दश हजारदेखि चालीस हजार रुपैयाँसम्म रकम उठाएको आरोपमा पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाई दिने भन्दै रकम असुल्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । 

यातायात व्यवस्था कार्यालय गौरबाट सेवाग्राहिलाई सवारी लाईसेन्स बनाई दिने भन्दै रकम मागेको आरोपमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । 

राजदेवी नगरपालिका वडा नं. २ स्थित रहेको ट्रायल सेन्टरमा पुगेर परीक्षामा उर्तिण गराई लाइसेन्स बनाइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ । उनीहरुले १० हजारदेखि ३० हजार सम्म असुल्ने गरेको आरोप रहेको प्रहरीले जनाएको छ । 

२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको सवारी चालक अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्य हुदै आएको छ ।

कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएकाले बिचौलियाहरुसँग सम्पर्क नगर्न र प्रलोभनमा नपर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै