मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंह ‘महामूर्ख’ घोषित

Ujyalosandeshonline 12457+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

जनकपुर । यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको छ । मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उनलाई ठट्टा स्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो ।

होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको छ । होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ ।

२०६१ सालमा मैथिली कवि नरेश ठाकुर, ०६२ मा नेकपा एमालेका नेता शीतल झा, ०६३ मा जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा सद्भावना पार्टीका नेता ओमकुमार झा लगायतलाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी ०६५ मा साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, ०६७ मा राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव र ०७० मा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई पनि महामूर्ख उपाधि दिइएको थियो ।

०७१ सालमा शत्रुधन महतो, ०७२ मा पवन सिंघानिया, ०७३ मा सप्तरीको मलेठमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको घटनापछि मिनापले कार्यक्रम स्थगित गरेको थियो ।  ०७४ देखि २०८० सालसम्म विभिन्न प्रमुख र चर्चित व्यक्तिहरूलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । 

जसमा पूर्वराष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, जनकपुरधामका मेयर लालकिशोर साह, पूर्वमुख्यमन्त्री लालबाबु राउत, महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका व्यक्तित्वलाई समावेश गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार