मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपाली सेनाको सफा हिमाल अभियान सुरु

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौंथो संस्करण बिहीबारदेखि सुरु भएको छ । 

मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन् । 

कार्यक्रममा प्रधानसेनापति शर्माले प्रकृति र पर्यावरण संरक्षणका लागि हिमालहरुको स्वच्छता कायम रहनुपर्ने बताए । यो उद्देश्यले यस वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको जानकारी दिए । विगतका अनुभव र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा  अभियानले सफलता पाउने विश्वास उनले व्यक्त गरे । 

उनले भने, ‘प्रकृति र पर्यावरण संरक्षण गर्नका निमित्त हाम्रा हिमालहरुको स्वच्छता कायम राख्ने नेपाल सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वयनलाई नेपाली सेनाले प्राथमिकतामा राख्दै आएको छ । यसै क्रममा अघिल्ला वर्षहरुमा झै यो वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको हो । विगतका अनुभवहरु र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा यस अभियानले पक्कै पनि पाउन सक्छ भन्ने विश्वास छ ।’ 

सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु, धवलागिरी लगायतका ६ वटा हिमाल सफा गर्न लागेको छ । सफा हिमाल अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुने जनाइएको छ ।

अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धित गाउँपालिका र निजी क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ । हिमाल सफाइका लागि यसपटक १२ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार