मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

जगर्श सदस्य स्वर्गीय अग्रवालको सम्झनामा ओशो जेतवन लुम्बिनीमा वृक्षारोपण

Ujyalosandeshonline 12465+ समाचार ( )
२१ असार २०८२, शनिबार

भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील संस्था जगर्श ग्रुप, भैरहवाले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ । जगर्शका सदस्य स्वर्गीय प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण गरिएको सचिव अनिल केसीले जानकारी दिए । अग्रवालको ४ वर्ष अघि निधन भएको थियो । आफ्ना सदस्य अग्रवालको निधनको सम्झनामा जगर्शले विगतदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार १३ प्रजातीका विरुवा वृक्षारोपण गरिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षारोपण गरेका हौं’, न्यौपानेले भने, ‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ ।’

उनले जगर्श सधैं सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताए । संस्थाले गरिब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैविप्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग र विभिन्न विद्यालय एवं अनाथ आश्रमहरुलाई शैक्षिक सामाग्री समेत सहयोग गर्दै आएको न्यौपानेले जानकारी दिए ।

कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार आँप, लिची, रक्तचन्दन, अम्वा, कागती, जामुन, कटहर लगायतका दर्जनौं विरुवा ओशो आश्रमस्थल लुम्बिनीमा वृक्षारोपण गरिएको छ । विरुवा हुर्किएपछि वातावरणलाई स्वच्छ राख्न मद्दत गर्ने र उत्पादनमूलक विरुवा भएकाले आश्रमलाई आवश्यक पर्ने फलफूल समेत आोशो परिसरमा उपलब्ध हुने अधिकारीले जनाए ।

वृक्षारोपण कार्यक्रममा जगर्शका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, ओशो जेतवन लुम्बिनीका प्रमुख तथा ओशोका अनुयायीहरु सहभागी थिए । जगर्शले वृक्षारोपण गर्न ओशोको परिसरलाई रोजेकोमा अनुयायीहरुले खुशी व्यक्त गरेका थिए । वृक्षारोपणपछि जगर्श सदस्यहरुले करिब दुई घण्टा ध्यान समेत गरेका थिए । जगर्शमा भैरहवाका विभिन्न क्षेत्रमा अब्बल कहलिएका ५५ जना स्थानीय सदस्य छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार