कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ : मन्त्री सिंह

Ujyalosandeshonline 11543+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । उपप्रधानतथा सहरी विकास मन्त्रीप्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नु पर्ने बताएकाछन् । आइतबार नेपालीकांग्रेसको १०० दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएकाहुन् ।

उनले भने, ‘काम गरे भनेर मात्रहुँदैन । हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ । मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो । अहिले नेपालीकांग्रेस पार्टीमा चाँहीअलिकतिकमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपालीकांग्रेस त कांग्रेस नै हो । तर यो  पार्टी पनि ए, बि, सि र डि को नाममाअगाडिबढिरहेको छ ।’

साथै उनले  ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए । उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडिबढ्नुपर्नेबताए । उनले भने, ‘ए र बि को लेबलमापार्टीलाई राख्नु हुँदैन । हामीले कांग्रेसलाई अगाडिबढाउनकिननसोच्ने ? यो लिडरस्हरु आउँछन् , जान्छन्  यो बेग्लै  कुरा हो ।

तर कुरा के हो भन्दा खेरी  कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हितहुने कामचाँही अब हामीले गर्नुपर्छ ।’ यसैगरी उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छभन्ने कुरा सबै जनप्रतिनिधिहरुमामहशुस हुन जरुरी रहेको बताए ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार