मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन

Ujyalosandeshonline 12612+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन् । विहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनतामक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए । 

उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’

सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरुले जनतालाई शोषण गरेर ५–१० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नु परेको बताए । 

उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सिमित केही नेताहरुले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरु ५, १० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेका छन् । नेपाली जनता भने भोकभोकै बसिरहेका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार