मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नवलपरासीको बेलासपुरमा झडप : प्रहरीको गाडी जलाइयो, तीन राउण्ड हवाई फायर, १८ घाइते

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहबीचको झडप भएको छ । प्रेम सम्बन्धको विषयमा केटा पक्ष र केटी पक्षबीच झडप भएको हुँदा सर्वसाधरण र प्रहरी घाईते भएका छन् । 

झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरेको र घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा अर्को पक्षको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।

मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह केटीको आफन्तको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो। केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए।

दुई समूहबीच झडप भइरहँदा केटा पक्षको समूहमाथि ढुंगा प्रहार गरे‍पछि गाडी दौडाउँदा दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि भएको तनावग्रस्त स्थितीलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर र ५ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । उनका अनुसार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा समेत आगजनी गरेको र ११ जना प्रहरी घाइते भएका छन् ।

झडपका क्रममा अन्य ३ जना सर्वसाधारण र चारजना सशस्त्र प्रहरीका पनि घाइते भएको बताइएको छ । टाउको र छातिमा चोट लागेर पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारत उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीको बल थप मद्दतमा गएको थियो । आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको एसपी फुयालले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार