मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

Ujyalosandeshonline 12547+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौं । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् ।

निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए ।

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् ।

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको बुझिएको छ ।

स्थापितको एक करोडबढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए ।

उनले भने, ‘उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसा समेत उहाँ आवद्ध सहकारीले खाएका कारण आज मृत्यु भएको छ । सरकारले सोह्र महिनादेखि निरन्तर गरेको सम्झौता कार्यान्वयन आएको छैन । हामी आन्देलन गर्न थालेको आज ८० दिन हुँदा समेत कार्यान्वयनमा आएको छैन ।’

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार