मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन

Ujyalosandeshonline 11768+ समाचार ( )
१० माघ २०८०, बुधवार

भैरहवा । हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बुद्धचोक सिद्धार्थनगर–७, ८ र ९ रुपन्देहीले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन गराएको छ । केन्द्रले बुधबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई बृद्ध सेवा आश्रममा वृद्धवृद्धाहरुलाई भोजन गराएको हो ।

वृद्धाश्रम रहेका आमाबुवाहरुको सेवा र उहाँहरुसँग भलाकुसारी गर्न भोजन कार्यक्रम गरिएको हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाले बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले वृद्धाश्रममा सहयोग गर्ने राम्रो चलनको विकास भएको बताए । उनले जन्मदिन लगायत विशेष उत्सवहरुमा फजुल खर्च रोकेर वृद्धाश्रममा सहयोग गर्ने राम्रो परम्पराको विकास हुनु सराहनीय रहेको बताए । उनले भने, ‘अस्पताल जस्तै वृद्धाश्रम पनि पवित्र ठाउँ हो । विभिन्न कारणले आमाबुवाहरु वृद्धाश्रममा हुनुहुन्छ । उहाँहरुको सेवा गर्नु राम्रो कार्य हो ।’

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले हिमाली सामुदायिक सेवा केन्द्रले वृद्धाश्रममा कार्यक्रम गर्दा खुसी लागेको बताए ।

श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिमाली सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य तिलकराम ज्ञवालीले सेवा केन्द्रले यस्तै प्रेरणादायी काम गर्दै जाने विश्वास व्यक्त गरे । श्री सत्य साई बृद्ध सेवा आश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलले हिमाली सामुदायिक सेवा केन्द्रले राम्रो काम गरेको बताइन् ।

हिमाली सामुदायिक सेवा केन्द्रका सचिव विष्णु मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वृद्धाश्रमलाई २० वटा हर्लिक्स प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलका अनुसार हाल वृद्धाश्रममा १७ जना वृद्धवृद्धा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार