मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

रासस 543+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो ।कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उहाँका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।

चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा रु चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा रु २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा रु छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा रु १० करोड ९६ लाख राजस्व सङ्कलन भएको छ । 

यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा रु एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा रु चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा रु १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले चालु आव २०८२/०८३ का लागि कूल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार