मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

अर्घाखाँचीको झाक्रिथान सामुदायिक वनका अध्यक्षसहित १० जना सालको काठसहित पक्राउ

अनिल नेपाली 141+ समाचार ( )
८ अशोज २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–८ स्थित झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई सालको रुख अवैध रूपमा काटेर चिरान गरिरहेको अवस्थामा १८.१३ क्युफिट चिरान काठसहित पक्राउ गरिएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–१, खुनझुनेमा सालको काठ चिरान गरिरहेको बेला डिभिजन वन कार्यालय प्युठानले उनीहरूलाई हिजो साँझ नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाइएको छ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेहरूमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगङ्गा–८ कै स्थानीय चन्द्रबहादुर वाकवल, टीकाराम पुलामी र पुरन धामी रहेका छन्। यस्तै, प्युठान जिल्ला सरुमारानी गाउँपालिका–१, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक जना नाबालिका पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार