मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, साढे १० लाखको भन्सार छलीका सामान बरामद

Ujyalosandeshonline 11775+ समाचार ( )
७ कार्तिक २०८२, शुक्रबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ । यसै क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १० लाख ५७ हजार ५०० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले गरेको विशेष जाँच अभियानका क्रममा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, तथा ती सामान ढुवानी गर्न प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी नियन्त्रणमा लिएको हो । बरामद गरिएका सबै सामान भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

प्रहरीले भन्सार छली गरी सामान ल्याउने कार्यमा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अलि, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थानका ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका–३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन् ।

रुपन्देहीमा अहिले सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले चाडपर्वको समयमा हुन सक्ने कुनै पनि गलत क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी कटिबद्ध रहेको र गलत काम गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए । प्रहरी उपरीक्षक क्षेत्रीको नेतृत्वमा रुपन्देहीमा तस्करी, अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढीकरणमा उल्लेख्य प्रगति हासिल भएको छ ।

उनी आएदेखि नै तस्करी लगायतका आपराधिक गतिविधिमाथि कडा निगरानी राखिएको कारण यस्ता गैरकानुनी कारोबारीहरू सफल हुन सकेका छैनन्, जसले गर्दा जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनेको छ । प्रहरीको यस सक्रियताले चाडपर्वको समयमा हुने सम्भावित अपराध र गैरकानुनी गतिविधिहरू नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार