मुख्य समाचार
देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री | जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ | सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधारः नेपाल प्रहरी | पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने | पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण |
मुख्य समाचार
देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री | जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ | सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधारः नेपाल प्रहरी | पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने | पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण |


सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधारः नेपाल प्रहरी

Ujyalosandeshonline 12266+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार भएको बताएको छ । प्रहरी प्रवक्ता, अविनारायण काफ्लेले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा खटिएका सुरक्षाकर्मीका विरुद्ध भ्रामक प्रचार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । “सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफूहरूले लिएको, वितरण नगरेको र सडिगली गएको भन्ने आशयको भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको विषयप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विपद्को समयमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र आम नागरिकमा अविश्वास पैदा गर्ने गरी यस्ता कपोलकल्पित आरोप लगाउनु दुःखद र गैरजिम्मेवारपूर्ण कार्य भएको प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो ।“यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न हार्दिक अनुरोध गर्दछौँ,” प्रवक्ता काफ्लेले भन्नुभयो । प्रहरीले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ । 

त्रिवि शिक्षण अस्पतालबाट ५७ घाइतेको डिस्चार्ज

भोटेकोशी बाढीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याएका ८१ बिमारीमध्ये ५७ जना ‘डिस्चार्ज’ भएका छन् । अस्पतालका प्रवक्ता सर्जन डा गोपाल सेढाईंले उपचारका लागि ल्याइएका १८ घाइतेको भने उपचार भइरहेको छ । उपचार भइरहेका घाइतेमध्ये तीन जनालाई ‘आइसियु’ र दुई जनालाई ‘हाई केयर’मा राखिएको छ । यस्तै, चार जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाईंले बताउनुभयो । अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो । 

बाढीपीडितलाई महिला सङ्घको सहयोग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले भोटेकोशी बाढीबाट पीडित भएका महिला तथा बालबालिकालाई राहत सहयोग गरेको छ । सङ्घकी अध्यक्ष मीनाकुमारी खरेलको नेतृत्वमा नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न ठाउँमा आश्रय लिएर बसेका महिला र बालबालिकालाई राहत सामग्री वितरण गरेको हो । सङ्घले आज बाढीबाट विस्थापित भएर काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा पुगेर २०० महिला तथा बालबालिकालाई  राहत सामग्री उपलब्ध गराएको हो ।

सङ्घले बाढीपीडितका लागि चिसोबाट जोगिन भित्री न्यानो कपडा, हावा छेक्ने बाहिरी पोसाक, लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामान, महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस र शौचालय सरसफाइका सामग्री उपलब्ध गराएको हो । सो अवसरमा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, केन्द्रीय सदस्य प्रतिमा गौतम, कुसुमदेवी थापामगर, पूर्वसांसद सपना राजभण्डारी, महिला सङ्घकी केन्द्रीय सदस्य शोभादेवी भण्डारी र राहत सङ्कलन तथा वितरण संयोजक सोना परियारलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार