मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर

Ujyalosandeshonline 11540+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् । लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् । 

यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाईमा एक हुनु आवश्यक रहेको बताए । भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतंकबाट मुक्ति पाउन नसकेको बताए । 

उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरुलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोस व्यक्त गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरु बजाईरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए । उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’

नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरु वसोवास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार