मुख्य समाचार
बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन | ‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’ | पत्रकारमाथि अश्लील शब्द प्रहार गर्ने प्रधानाध्यापकलाई निलम्बन गर्न माग | ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल |
मुख्य समाचार
बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन | ‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’ | पत्रकारमाथि अश्लील शब्द प्रहार गर्ने प्रधानाध्यापकलाई निलम्बन गर्न माग | ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल |


चितवनमा लुम्बिनी प्रेस क्लब: बुद्ध जन्मस्थल र चितवनबीच पर्यटकीय सहकार्यको आह्वान

Ujyalosandeshonline 11206+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

भैरहवा । लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरूका लागि वार्षिक क्यालेन्डरअनुसार दुईदिने अध्ययन भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ । मुलुकका आन्तरिक गन्तव्यहरू बारे जानकारी दिने उद्देश्यले यस वर्ष चितवनका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गरिएको हो ।

क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार चितवनका सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरूको अवलोकनका लागि यो भ्रमण आयोजना गरिएको थियो । भैरहवाबाट प्रस्थान गरेका क्लबका २३ जना सदस्यहरूलाई चितवनको सौराहामा रहेको क्षेत्रीय होटल संघले आतिथ्यता प्रदान गरेको थियो ।

पर्यटकीय साझेदारीमा अन्तर्क्रिया

बुद्ध जन्मस्थल लुम्बिनी र चितवनबीच कसरी पर्यटकीय साझेदारी गर्न सकिन्छ भन्ने विषयमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो। क्षेत्रीय होटल संघले आयोजना गरेको उक्त छलफलमा सहभागी पत्रकारहरूलाई स्वागत गर्दै वरिष्ठ संरक्षणकर्मी तथा पर्यटन व्यवसायी बासु ढुंगानाले चितवनका प्राकृतिक र सांस्कृतिक विविधताको प्रचार गरेर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिने बताए । उनले जैविक विविधता संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई चितवन ल्याएर वन र वन्यजन्तु अवलोकन गराउन सकिने धारणा राखे। त्यसका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा उनको भनाइ थियो ।

सोही कार्यक्रममा पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष नरेश केसीले लुम्बिनी, चितवन र पोखराबीच त्रिकोणीय साझेदारी गरेर पर्यटनका गतिविधि बढाउनुपर्नेमा जोड दिए । उनले व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि गर्ने कार्यक्रममा सञ्चारकर्मीले हातेमालो गर्ने जनाउँदै पर्यटन व्यवसायी र पत्रकारबीच सहकार्यको आवश्यकता औंल्याए ।

क्लबका अध्यक्ष रायमाझीले व्यवसायीले भोग्नुपरिरहेका अप्ठ्यारा अन्त्यका लागि सञ्चारकर्मीले पनि भूमिका खेलिरहेको बताए । उनले जेनजी आन्दोलनपछि मुलुकमा अस्थिर बनेको समयमा सीमावर्ती क्षेत्रबाट सद्भावको सन्देश दिन प्रेस क्लबले सद्भाव र्‍याली आयोजना गरेको जानकारी दिए । आगामी दिनमा भारतका विभिन्न सहरका पत्रकारहरूसँग सहकार्य गरेर लुम्बिनी र चितवनका गन्तव्य सुरक्षित रहेको जानकारी दिने तयारी भइरहेको र त्यसमा सहकार्यका लागि आह्वान गरे। लुम्बिनी र चितवन बीच पर्यटकीय साझेदारीका लागि लुम्बिनी प्रेस क्लब सधैँ सकारात्मक रहेको उनको भनाइ थियो ।

क्षेत्रीय होटल संघका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवन, लुम्बिनी र पोखरा लक्षित चेन होटलको संख्या बढिरहेको र ती क्षेत्रमा नयाँ–नयाँ पर्यटकीय पूर्वाधारहरूको निर्माण भइरहेको बताए । उनले भने, "तर हामीले पर्यटकको बसाइँ लम्ब्याउन सकिरहेका छैनौँ । चितवन, लुम्बिनी र पोखरामा एक दिने पर्यटकको संख्या धेरै भयो । कसरी उनीहरूलाई धेरै दिन बसाउन सकिन्छ भन्ने चिन्ता छ।" पोखरा र भैरहवामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनु र मुलुकका मुख्य मार्गहरू नै अस्तव्यस्त रहेकाले पर्यटकीय गन्तव्यहरूबीच सहज सहकार्य हुन नसकेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मुलुकको प्रतिकूल अवस्थाका बेला चितवनको उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई तत्काल सहज अवस्थामा पुर्‍याइएको जानकारी दिए । अहिले चितवनका पर्यटकीय गन्तव्यहरू पुरानै अवस्थामा सहज र सुरक्षित रहेकाले स्वदेश र विदेशबाट घुमफिरका लागि आह्वान गरे । उनले भने, "चितवन सुरक्षित छ । यहाँ पहिलेको भन्दा झन् न्यानो आतिथ्य मिल्छ।" मुलुकका पोखरा, लुम्बिनी र चितवनका फरक विशेषतालाई एकीकृत गरेर पर्यटकीय साझेदारी गर्न सके मुलुकको पर्यटन र अर्थ व्यवस्थाले फड्को मार्ने उनको विश्वास थियो ।

चितवन निकुञ्जमा जीप सफारी र अन्य गन्तव्यको अवलोकन

अवलोकन भ्रमणका क्रममा पत्रकारहरूले चितवन निकुञ्जमा जीप सफारी गरे । बिहान ७ बजे निकुञ्ज प्रवेश गरेका सञ्चारकर्मीहरूले निकुञ्जको मध्य क्षेत्रको तमोर ताल हुँदै गोही प्रजनन केन्द्रको अवलोकन गरे । प्रजनन केन्द्रबाट लामीताल हुँदै सौराहा फर्किएका उनीहरूले जंगल सफारीका क्रममा एकसिंगे गैँडा लगायत वन्यजन्तु देखेको बताए ।

लुम्बिनी प्रेस क्लबका सदस्यहरूलाई चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले स्वागत गरेका थिए । त्यसपछि सौराहा फर्किएका सञ्चारकर्मीहरूलाई सौराहाको बाघमारामा रहेको होटल ल्याण्डमार्कमा स्वागत गरियो। त्यहाँ क्षेत्रीय होटल संघका अध्यक्ष पाण्डे र महासचिव महेश खनाल र केन्द्रीय सदस्य सुमन घिमिरेले स्वागत गर्दै पर्यटकीय सहकार्यका लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि भरतपुर हुँदै चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य पटिहानीको अवलोकन गरियो। पटिहानीमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुकुमार महतोले स्वागत गरेका थिए। त्यसक्रममा अम्ब्रेला स्ट्रिट, बोटे बस्तीमा रहेको स्ट्रिट पार्क र पाँचतारे होटल सोल्टीको अवलोकन गराइएको थियो। पटिहानीपछि भरतपुर फर्किएका प्रेस क्लब सदस्य र चितवनका अगुवा पत्रकारबीच भरतपुरमा छोटो अन्तर्क्रिया भयो ।

उक्त छलफलमा पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रकाश ज्ञवाली र प्रेस चौतारीका चितवन अध्यक्ष सुवास पण्डित सहभागी थिए। साथै, प्रेस क्लबका पदाधिकारी र सदस्यहरूले समाचार संकलनका क्रममा गम्भीर घाइते भएर चितवन मेडिकल कलेजमा उपचाररत प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । कार्यक्रम संयोजक प्रतीक पौडेलले चितवन भ्रमण ऐतिहासिक र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भएको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार