मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि सहकार्य अपरिहार्यः सभामुख यादव

रासस 719+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका सभामुख रामअशिष यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकको भूमिका नेतृत्वदायी हुने बताउनुभएको छ । जनकपुरधामस्थित श्री आधारभूत विद्यालय मानसिंहपट्टि, तेतरियामा आज आयोजित ‘शिक्षा स्तरीयताका लागि सभामुखसँग प्रधानाध्यापकहरूको अन्तरक्रिया” कार्यक्रममा उहाँले उहाँले शिक्षक, अभिभावक, समाज तथा स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरेर मात्र शिक्षा क्षेत्रको समग्र सुधार सम्भव हुने विचार व्यक्त गर्नुभयो । 

सभामुख यादवले विद्यालयलाई शैक्षिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि प्रधानाध्यापकहरूलाई व्यवस्थापन, अनुगमन र नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत व्यावहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षा बनाइनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा मधेस प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष प्रा डा भोगेन्द्र झाले शिक्षाको विकासबिना कुनै पनि देश वा प्रदेश समृद्ध हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सामुदायिक विद्यालयको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको र सुधारका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म गम्भीरता अपनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयका अनुभव, समस्या तथा सुधारबारे धारणा राखेका थिए । उहाँहरूले शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी, प्रविधिको अभाव तथा अभिभावकको न्यून सहभागिता जस्ता चुनौतीहरू प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार