मुख्य समाचार
बकर इदमा सामूहिक प्रार्थना | संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउने | समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार | ‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल | दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते | रुपन्देहीको कोटहीमाईमा विद्यार्थीको आँखा र दाँत परीक्षण शिविर सम्पन्न | विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक | ‘नागरिकको सहयोगमा अपराधमुक्त समाज निर्माणमा सहयोग पुगेको छ’ | बुङ्ग छहरा | जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने |

पाल्पामा प्रहरी नायव निरीक्षक रुम बहादुर खत्री असार महिनाको उत्कृष्ट प्रहरी घोषित

Ujyalosandeshonline 11381+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले दोभान प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रुम बहादुर खत्रीलाई २०८२ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ । नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक निष्ठा र सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पन्न गरी सर्वसाधारणमाझ प्रहरीको छवि उच्च राख्न योगदान पुर्‍याएबापत उनलाई यो सम्मान प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पामा आयोजित एक मासिक बैठकका अवसरमा पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले प्रहरी नायव निरीक्षक खत्रीलाई प्रशंसा-पत्र तथा पुरस्कार प्रदान गरे । प्रहरी उपरीक्षक भट्टराईले खत्रीको कार्यसम्पादनको प्रशंसा गर्दै व्यावसायिकता र इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीलाई सधैँ प्रोत्साहन गरिने बताए । उत्कृष्ट प्रहरी घोषित भएपछि खत्रीले आफूलाई थप ऊर्जा मिलेको र आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार