मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै

Ujyalosandeshonline 12093+ समाचार ( )
२० असार २०८२, शुक्रबार

रामेछाप । नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् । फुलासीका चिनाकुमार तामाङ रउनकी पत्नी अनिता तामाङले गाउँमा नै फलफूलको नर्सरी राखेर मेहनत गर्ने हो भने गाउँमा प्रशस्त अवसर छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । देशमा केही अवसर छैन भनेर विदेशमा एकथरि युवाले पसिना बगाइरहँदा तामाङ दम्पती गाउँमा नै रमाइरहेका छन् ।

१० वर्ष अघि सुरु भएको युवा एग्रिकल्चर फार्म अहिले देशभरि बिरुवा बिक्री गर्ने फार्म बनेको छ । त्यही फार्ममा तामाङ दम्पती रमाइरहेका छन् । फार्ममा अहिले विभिन्न जातका ३० हजार भन्दा बढी तयारी बिरुवा रहेका छन् । नर्सरीमा जापनिज हलुवाबेद, सुन्तला, मुन्तला, जुनार, ओखर, किवी, बुद्धचित्त लगायतका बिक्रीका लागि तयारी बिरुवा छन् । सो नर्सरीका बिरुवा देश भरि पुग्ने अनिता बताउँछिन् । ‘नेपाल भरि नै जान्छ, कोही नर्सरीमा नै आएर बिरुवा किन्छन्, धेरैले फोनबाटै सम्पर्क गर्छन्, हामी नर्सरीबाट बिरुवा पठाइदिन्छौँ’, उनले भनिन् । 

नर्सरीमा आफू मात्र है तामाङ दम्पतीले अन्यलाई पनि रोजगारी दिएको छ । बिरुवा लगाउने, गोडमेल गर्ने, बिरुवा ओसार्ने बेलामा अन्य मान्छेहरू लगाएर काम गर्ने गरेको तामाङले बताए । नर्सरीबाट मेहनत अनुसार राम्रै कमाइ हुने चिनाकुमार बताउँछन् । ‘विदेश जानु परेको छैन, आफ्नै गाउँमा बसिएको छ, रमाइएको छ, मेहनत अनुसार ठिकै छ’, उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार