मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मन्थली नगरपालिकाको ६ महिनाको खर्च २८ प्रतिशत

Ujyalosandeshonline 12461+ समाचार ( )
२८ पौष २०८१, आइतबार

रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक वर्षको पहिलो ६ महिनामा २८ प्रतिशत वित्तीय प्रगति गरेको छ । नगरपालिकाको विधान अधिवेशन एवं १६ औँ नगर सभामा नगरप्रमुख लब श्रेष्ठले १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेटमा सो प्रगति भएको जानकारी दिएका हुन् ।   

नगरपालिकाको बजेटको चालु तर्फको खर्च ३६.६५ प्रतिशत रहेको छ भने पूँजीगत तर्फको खर्च ९ प्रतिशत रहेको छ । नगरपालिकाले यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ४७.८४ प्रतिशत अर्थात् १ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । 

यस आर्थिक वर्षमा नगरका कूल ३ सय ७१ वटा योजना रहेकामा हालसम्म १ सय ४१ वटा योजना सम्झौता भएका श्रेष्ठले जानकारी दिए । ती मध्ये ३३ वटा योजनाको कार्यसम्पन्न भई भुक्तानी समेत लिएका छन् । 

सभाले नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक ईश्वरी बस्नेतले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन स्वीकृत गरेको छ । त्यस्तै सभाले विनियोजन विधेयक २०८१ तथा आर्थिक ऐन २०८१ को संशोधन प्रस्ताव पास गरेको छ । 

यसै गरी मन्थली नगर अस्पताल व्यवस्थापन र सञ्चालन विधेयक, मन्थली नगरपालिकाको कर तथा गैरकर विधेयक माथि पनि दफावार छलफल भएको छ । मन्थली–भुत्याहाखोला–कठजोर–धोबी सडकलाई नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको नामबाट कृष्णलाल अधिकारी लोकमार्ग नामाकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । कृष्णलाल अधिकारीको जन्म रामेछापकै कठजोरमा भएको थियो । 

सभामा नगरपालिकाका विभिन्न वडा कार्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने जग्गा दाताहरूलाई सम्मान समेत गरिएको थियो । सभामा बोल्दै नगरपालिका प्रमुख लब श्रेष्ठले सकारात्मक कामलाई सकारात्मक सुझाव दिन र सुधार गर्नुपर्ने काममा खबरदारी र रचनात्मक सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार