परासी। सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीले ८० लाख रूपैयाँभन्दा बढी मूल्यका मोबाइलमा प्रयोग हुने अवैध सामान बरामद गरेको छ। जिल्लाको बर्दघाट नगरपालिका-४ स्थित एसमोड नजिकै झाडीमा लुकाएर राखिएको अवस्थामा गएराति ८० लाख ३० हजार रूपैयाँ बराबरका सामान बरामद गरिएको गणका सूचना अधिकारी डिएसपी मनोज गुरुङले जानकारी दिनुभयो । बरामद गरिएका सामानहरूमा विभिन्न ब्रान्डका मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पिकर लगायत रहेका छन्। बरामद गरिएका सबै सामानलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।