मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देही प्रहरीद्वारा ६ लाख ६१ हजार बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12611+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली र चोरी पैठारी गरी ल्याइएका सामानहरू मिति २०८२ साउन २२ र २३ गतेको जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बरामद गरिएका सामानहरूमा चिनी, लत्ताकपडा, खाद्यान्न र कुखुरालगायत रहेका छन् । उक्त सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले सियारी गाउँपालिका-२, अमारीबाट लु ९ प १४०७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको दुई बोरा चिनीसहित ४७ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले सिद्धार्थनगर नगरपालिका-१, मेउडिहवाबाट कुर्था सुरवाल, मटर दाल, प्रोटिन पाउडर र पाउडर दूध गरी ६४ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय भैरहवाले सिद्धार्थनगर-८, अञ्चलपुरबाट साडी, सुट, सर्ट पाइन्ट, सेरवानी र लेहेङ्गा गरी कुल १ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको विज्ञप्ति मा उल्लेख छ । यस्तै, प्रहरी चौकी मेउडिहवाले सिद्धार्थनगर-११, नौडिहवाबाट मटर र लेडिज ब्रा गरी ३० हजार ८ सय रुपैयाँको सामान बरामद गरेको छ ।

प्रहरीले अवैध कुखुरा र मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पिप्रहवा, रोहिणी गाउँपालिका-६ बाट कुखुरा र मोटरसाइकलसहित ५७ हजार ९ सय २० रुपैयाँ बराबरको सामान बरामद भएको छ । सबैभन्दा ठूलो परिमाणमा रोहिणी गाउँपालिकाको वडा नं. २ र ७ बाट प्रहरी चौकी मैनिहवाले १३८ वटा ब्रोइलर कुखुरा र तीनवटा भारतीय तथा नेपाली नम्बर प्लेटका मोटरसाइकल सहित ३ लाख २१ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रूपन्देहीमा खुला सिमानाको फाइदा उठाउँदै हुने अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको देखिन्छ। पछिल्लो समय प्रहरीले नियमित रूपमा भन्सार छलीका सामानहरू बरामद गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार