मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार

Ujyalosandeshonline 12437+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

जनकपुरधाम । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि  सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट–१ बाट २ जनाको उद्धार गरिएको हो । 

मेचीनगरदेखि सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । 

उद्धार गरिएका ८ जना पुरुष र ३ जना महिलालाई शनिबार नै  मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार