मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

८० वर्षीय तेजबहादुर उप्रेती : जसले एकै बर्षमा विक्री गरे ६०० किलो काँक्रो

Ujyalosandeshonline 11304+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ निवासी ८० वर्षीय कृषक तेजबहादुर उप्रेतीले यस वर्ष करिब ६०० किलो काँक्रो उत्पादन गरी बिक्री गरेका छन् । उनले उत्पादन भएको काँक्रोलाई स्थानीय बजारमा प्रतिकिलो ४० रुपैयाँको दरले बिक्री गरेका हुन् ।

उप्रेती विगत करिब पाँच दशकदेखि खेतीपातीमा सक्रिय रहँदै आएका अनुभवी कृषक हुन् । उमेरको ८० वर्ष नाघिसक्दा पनि उनी अझै आफ्नै खेतबारीमा बाली उत्पादनमा व्यस्त छन् । यस पटक उनले काँक्रो खेतीमा विशेष ध्यान दिँदा राम्रो उत्पादन भएको बताइन्छ ।

थाहा नगरपालिकाको उर्वर माटो र उपयुक्त मौसमका कारण काँक्रो खेती फस्टाएको छ । उप्रेतीले परम्परागत तरिकासँगै आधुनिक खेती प्रविधि र जैविक मलको प्रयोग गर्दा उत्पादन राम्रो भएको अनुभव बाँडेका छन् । स्थानीय बजारमा ताजा र स्वास्थ्यवद्र्धक काँक्रोको माग बढ्दै गएको कारण उनले बिक्रीमा सहजता पाएका छन् ।

उप्रेतीले प्राप्त आम्दानी आफ्नो परिवारको दैनिक खर्च र आगामी खेतीपातीमा लगानी गर्ने योजना बनाएको बताए । उनले जस्तो उमेरमै सक्रिय रहँदै कृषिमा योगदान पु¥याउने कृषकहरू गाउँ समाजका लागि प्रेरणा भएको स्थानीय बासिन्दाहरूको भनाइ छ ।

थाहा नगरपालिकाले पनि कृषकलाई प्राविधिक सहयोग र मलविउ उपलब्ध गराउँदै आएका कारण गाउँमा कृषिको आकर्षण बढ्दै गएको जनाइएको छ । तेजबहादुर उप्रेतीको यो सफलताले स्थानीय युवाहरूलाई समेत कृषिमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार