मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भन्सार चुहावटको आँकडामा सुधार ल्याउने अर्थमन्त्रीको दाबी

Ujyalosandeshonline 12455+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् ।

बिहीबार अर्थ समितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना बनाएको उल्लेख गर्दै बैशाख महिनादेखि नै भन्सार चुहावटको आँकडामा सुधार हुने दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर एउटा कार्ययोजना बनाएका छौं । आउँदो महिनादेखि नै भन्सार चुहावटको आँकडामै सुधार ल्याउँछौं । जहाँसम्म नीतिगत रुपमा सुधार ल्याउने विषयमा सदस्यहरुले दिएका सुझावलाई मार्गदर्शनकै रुपमा लिएका छौं ।’

निवर्तमान अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रिबजेटको सन्दर्भमा प्रर्याप्त छलफल गरेर परिमार्जित गरिने पुनको भनाइ थियो ।

अर्थमन्त्री पुनले मुलुक संघीयतामा गैसकेपछि तीनवटै तहका सरकारका लागि कार्यक्षेत्र छुट्याएको स्मरण गर्दै सोहि अनुसार कामकारबाही अगाडि बढ्ने बताए ।

उनले भने, ‘मुलुक संघीयतामा गइसकेपछि ठुला योजनाहर संघ सरकारले, मझौला योजनाहरु प्रदेशले र सेवा प्रवाहसँग सम्बन्धीत योजनाहरु स्थानीय तहले गर्नेगरि खाका तयार गरेका छौं । यसरी छुट्याइएको कार्यक्षेत्रमा टेकेर काम गर्छौं । ’

समितिबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै समितिबाट आएको निर्देशन कार्यन्वयनका लागि अर्थमन्त्री पुनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार