मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विपद् प्रतिकार्यलाई सशक्त बनाउन मुख्यमन्त्रीको पहल, सुरक्षा निकाय र समुदायबीच सुदृढ सहकार्य

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

दाङ । लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्ला भित्र बाढि, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षती न्यूनिकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंमसेवकको रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनिकरण गर्न भूमिका खेलेकाे मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ ।

प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायका विच सुदृढ सहकार्यले क्षति न्यूनिकरण गर्न मद्दत पुगेकाे हाे ।‘यो विपदको घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसैगरी परिचालन हुन जरुरी छ’उहाँले भन्नुभयो,‘समुदायका नागरिकहरु पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानकाे पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पु¥याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका  नागरिकले निभाउनु भएको छ ।´

यस्तै आपतकालिन उद्धारटोली मार्फत अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्धारको काम भएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखहरु संग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपतकालिन उद्धारटोली खटिएको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ । 

जिल्ला सदरमुकाम जाेड्ने सडकहरु सुचारु भएका छन । भालुबाङ-प्युठान सडक खण्ड, गाेरुसिङ्गे-अर्घाखाँची, दाङ-सल्यान राप्ती लाेकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राेल्पा जाेड्ने सहिद मार्ग, पाल्पाकाे रानी महल जाेड्ने, दाङ-प्युठान जाेड्ने भित्री सडक, गुल्मिकाे छत्रकाेटकाे भित्री सडकमा झरेकाे पहिराे पन्छ्याउने काम चलिरहेको छ । तराईका जिल्लामा सडक सुचारु अवस्थामा छ ।

विपद् भएको ठाउँमा तुरुन्त उद्धारटोली परिचालन भएको र स्थानीय नागरिकहरुले स्वयंमसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताउनु भयो । 

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरु संग निरन्तर सम्पर्कमा छु । जहाँ विपद् आईपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’उहाँले भन्नुभयो,‘समुदाय स्तरबाट पनि खोज तथा उद्धारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीकाे समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसवेकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा याे सहकार्य भएको पनि छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार