मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

जी.आई. भोजपुरियाद्वारा "दुर्गा मैयाँ कि जय बोल" देवी गीत सार्वजनिक

सितमती हरिजन 24+ समाचार ( )
४ अशोज २०८२, शनिबार

सुस्ता । पश्चिम नवलपरासीको जी.आई. भोजपुरियाले नेपालीहरूको महान पर्व बडा दशैंलाई लक्षित गरी भक्तिपूर्ण देवी गीत "दुर्गा मैयाँ कि जय बोल" सार्वजनिक गरेको छ। नव दुर्गा पूजा समिति, सरावल ०२ पटखौलीको सहकार्य र जी.आई. भोजपुरियाको निर्माणमा तयार पारिएको यस गीतले हिन्दू धर्मावलम्बीहरूको आदिशक्ति दुर्गा भवानीप्रतिको प्रेम र भक्तिलाई सुन्दर ढंगले चित्रण गर्दछ ।

नवलपरासीमा चर्चित गायक ईश्वर चौधरी र गायिका नेहा राजको स्वर रहेको यस गीतमा अनिल कुसुमको शब्द, सरबिन्दको संगीत रहेको छ। गीतको भिडियोमा मुख्य कलाकार मानसिंह चौधरी र सबिना मगरको अभिनयले सबैलाई आकर्षित गरेको छ। राकेश राजले छायांकन गरेको यस भिडियोको निर्देशन सागर परियारले गरेका हुन् ।

निर्माता गोविन्द चौधरीका अनुसार जी.आई. भोजपुरियाले यसअघि पनि थारु र भोजपुरी लगायत विभिन्न भाषामा दर्जनौं सफल गीतहरू सार्वजनिक गरिसकेको छ। उनले अब आउने गीतहरू पनि अझ उत्कृष्ट रहने र पर्यटकिय क्षेत्रको प्रवर्द्धन गर्ने गरि छायांकन गरिने जानकारी दिए। सरावल ०२ पटखौलीका स्थायी बासिन्दा चौधरीले आफूले पहिलो पटक थारु गीत गाए पनि सबै जातजातिको भाषा र गीतलाई समान रूपले माया गर्दै आएको बताए ।

चौधरीले वर्तमान अवस्थामा नेपाली, थारु र भोजपुरी भाषाका गीत संगीतले राम्रो बजार पाएको बताउँदै ग्रामीण क्षेत्रका कलाकाहरूलाई अवसर प्रदान गर्न जी.आई. भोजपुरिया सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। "दुर्गा मैयाँ कि जय बोल" गीत जी.आई. युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै राम्रो गीत बनेको छ । र ujyalosandesh online khabr लाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार