मुख्य समाचार
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न |

आज विश्व क्यान्सर दिवस मनाइदै

Ujyalosandeshonline 12396+ समाचार ( )
२१ माघ २०८०, आइतबार

काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले बताइन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा क्यान्सरका कारण करिब एक करोड व्यक्तिको मृत्यु भएको छ । क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

शरीरको कोष या कोशिकाहरूको समूहको अस्वभाविक बृद्धि हुनु क्यान्सर हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा रोगको उपचार गर्न सकिन्छ ।

डब्लुएचओका अनुसार अहिले सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा भने यसका रोगीहरूको संख्या कति भन्ने यकिन छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार