मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

पाल्पा ट्राफिक प्रमुखमा आचार्य, सुधारका लागि पत्रकारसँग मागे सुझाव

Ujyalosandeshonline 11511+ समाचार ( )
२२ असार २०८२, आइतबार

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाको प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले जिम्मेवारी सम्हाल्नुभएको छ । सात वर्षअघि पाल्पाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका आचार्यले पुनः जिम्मेवारीमा फर्किएसँगै जिल्लाको ट्राफिक सुधारका लागि सरोकारवालासँग सहकार्य सुरु गर्नुभएको छ ।

आइतबार जिल्लाका पत्रकारहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख आचार्यले पाल्पाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि सुझाव संकलन गर्नुभयो । पाल्पाको विशिष्ट भौगोलिक अवस्था, साँघुरा सडक, उकालो-ओरालो बाटो र बढ्दो सवारी चापले निम्त्याउने चुनौतीहरूको सामना गर्न सबै पक्षसँगको समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

सुझावहरू यसप्रकार छन्:

  • टिपरको आतंक र तीव्र गति नियन्त्रण गर्ने ।
  • ओभरलोड बोक्ने सवारीलाई कडाइ गर्ने ।
  • बजार क्षेत्रमा दिनअनुसार एकतर्फी पार्किङको व्यवस्था मिलाउने ।
  • सवारी चालक अनुमतिपत्र र मादक पदार्थ सेवन (मापसे) को नियमित र आकस्मिक जाँच गर्ने ।
  • विद्यालय तथा क्याम्पसस्तरमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने ।
  • सञ्चारमाध्यम मार्फत ट्राफिक नियम र सन्देश प्रवाह गर्ने ।
  • साँघुरा सडकमा निर्माण सामग्री राख्ने र ग्यारेज संचालन गर्ने कार्यलाई व्यवस्थित गर्ने ।
  • भिडभाड हुने क्षेत्रमा सवारी साधनका लागि वैकल्पिक रुट र समय निर्धारण गर्ने ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नवनियुक्त प्रमुखले जिम्मेवारी सम्हाल्ने बित्तिकै पत्रकारहरूसँग सुझाव लिनु सकारात्मक र पहिलो पटक भएको बताउनुभयो । उहाँले पाल्पाली पत्रकारहरूले प्रहरीको कामको गुण र दोषका आधारमा सधैँ रचनात्मक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

पत्रकारहरूबाट प्राप्त सुझावहरूलाई ग्रहण गर्दै प्रमुख आचार्यले जिल्लाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "तपाईंहरूबाट प्राप्त सुझावहरूलाई आत्मसाथ गर्दै सरोकारवाला सबैसँगको सहकार्यमा काम अगाडि बढाउनेछु । सिमित जनशक्तिका बाबजुद उत्कृष्ट काम गर्ने प्रयास रहनेछ ।"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार