मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

नदीजन्य पदार्थको अवैध निकासी रोक्न सुनवल नगर प्रमुख अर्याल एक्सनमा

Ujyalosandeshonline 11775+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

परासी । नदीजन्य पदार्थको अवैद्य रुपमा चोरी तस्करी बढ्न थालेपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले निगरानी बढाएको छ । सुनवलका विभिन्न खोलाबाट अवैद्य रुपमा नदीजन्य पदार्थको तस्करी हुँदा पनि प्रहरीले आँखा चिम्लेपछि सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल एक्सनमा उत्रिनुभएको हो । 

मेयर अर्यालसहितको नगरको टोलीले आज सुनवलको तुरिया खोलामा पुगेर अवैद्य रुपमा नदीजन्य पदार्थको चोरी तस्करी गरिरहेका दुई वटा टिप्परलाई नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ लोड गरि लाँदै गरेको अवस्थामा लु १ क ४५३७ र लु २ ख ३००८ नम्बरको टिप्परलाई नगरपालिकाले कब्जामा लिएको हो । 

असार,साउन र भदौ महिनामा नदीजन्य पदार्थ उत्खनन्मा सरकारले प्रतिबन्ध लगाउने गरेकोले यो समयको मौका छोप्दै सुनवलका तुरियासहित विभिन्न खोलाहरुबाट दैनिक रुपमै ठूलो मात्रामा नदीजन्य पदार्थको अवैद्य तस्करी भईरहेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । प्रहरी प्रशासनकै मिलेमत्तोमा नदीजन्य पदार्थको अवैध चोरी निकासी बढेपछि नियन्त्रणको लागि आफै खोलामा खटिनुपरेको नगर प्रमुख अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अवैध चोरी निकासी भईरहेको विषयमा प्रहरीलाई सूचना दिँदा प्रहरीले उल्टै तस्करीको साथ दिएर भगाईदिने र भाग्यो भन्ने जवाफ दिने गरेकोले आफै खोलामा नखटिई तस्करी नियन्त्रण गर्न नसकिने परिस्थिति आयो”

प्रहरीले सेटिङ्ग मिलाएर तस्करीलाई प्रशय दिन थालेपछि आज प्रहरीलाई जानकारी नै नदिई नगर प्रमुखसहितको टोली तुरिया खोलामा छड्के गएको थियो । आज विहान खोलामा पुग्दा तस्करीहरु भाग्न सफल भएपछि दिउँसो पुनः अचानक खोलामा पुगेर टिप्पर नियन्त्रणमा लिएको नगर प्रमुख अर्यालले बताउनुभयो । नियन्त्रणमा लिईएका दुवै टिप्पर नदीजन्य पदार्थसहित नगरपालिकाले नियन्त्रणमा राखेको छ । 

एक महिना यथास्थितिमा राखि थप कारवाही गरिने नगरपालिकाले जनाएको छ । अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको अवस्थामा नियन्त्रणमा लिईने टिप्परलाई पहिलो पटकको रु एक लाख,टेक्टरलाई रु ६० हजार र जेसिबीलाई रु दुई लाख जरिवाना गरिने नगरपालिकाले जनाएको छ । दोस्रो पटक पनि समातिएमा दोब्बर जरिवाना र त्यसपछि समातिएमा त्यसको पनि दोब्बर जरिवाना लिने गरिएको सुनवल नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार