रोहिणीमा गाउँ शिक्षा समिति पुनर्गठन

Ujyalosandeshonline 11449+ समाचार ( )
२८ पौष २०८१, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा गाउँ शिक्षा समिति पुर्नगठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले समितिमा तीन जना सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

मनोनित सदस्यहरुमा धार्मिक विद्यालय (मदरसा) बाट हैदर अली, शिक्षविदबाट कलामुद्दीन खाँ र विद्यालय व्यवस्थापन समितिबाट पोखरभिण्डी माध्यमिक विद्यालयका अध्यक्ष कान्छा कोहार रहेका छन् ।समितिका सदस्यहरुको कार्यकालको अवधि सकिएकाले बैठकले नयाँ सदस्यहरु मनोनित गरेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

‘समितिमा रहेका सदस्यहरु जसको कार्यकालको अवधि सकिएकाले छ, उहाँहरुको ठाउँमा नयाँ सदस्यहरुलाई मनोनित गरिएको हो’ घिमिरेले भने, ‘बाँकी सदस्यहरु (विद्यालयका प्रधानाध्यापकबाट) अर्को बैठकले मनोनित गर्नेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार