मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

ठमेल र दरबारमार्ग अब चौबिस घण्टा खुला

Ujyalosandeshonline 10783+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौं । संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि पूर्णकालीन (२४ सै घण्टा) खुला रहने भएका छन् । 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिबार गरेको  कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यवसाय चौबिसै घण्टा खुला हुने घोषणा गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काठमाडौंलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई पूर्णकालीन सञ्चालन गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘काठमाडौं अलिकति चलायमान क्षेत्र बनोस् भन्नका लागि हामी ठमेल क्षेत्रलाई पूर्णकालीन खुलाउने निर्णय गरेका हौं । सुरक्षाको जिम्मा सरकारले लिनेछ, गृह मन्त्रालयले लिनेछ ।’

देश र समाजलाई उत्कृष्ट बनाउनका लागि नागरिकको रुपमा सबैले कर्तव्यको पालना गर्नुपर्ने उल्लेख गर्दै सुसंस्कृत सहरका रुपमा स्थापित गर्न चाहेको उनले बताए । 

उनले भने, ‘विदेशमा हामी फोहोर गर्नुभन्दा पहिले सोच्छौं तर नेपालमा त्यो पालना गर्दैनौं । यदि देश र समाज उत्कृष्ट चाहिन्छ भने नागरिकका रुपमा पनि हामीले केही न केही कर्तव्य त पालना गर्नैपर्ने हुन्छ । ठमेललाई ठमेल बनाउन, दरबारमार्गलाई दरबारमार्ग बनाउन हामी जनताबाट जरिवाना तिराएर होइन, सुसंस्कृत सहरका रुपमा अगाडि लिएर जान चाहन्छौं । संसारका कयौं देश छन् जहाँ थुकेको र कागज पालेको समेत पैसा लाग्छ । पाइला पाइलामा जरिवाना तिराइन्छ । तर, हामी त्यस्तो गर्दैनौं ।’

नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै उनले आउँदो वर्षलाई इमानदारितापूर्वक अगाडि बढाउने बताए । 

उनले भने, ‘इमानदारिताका साथ नयाँ वर्षलाई इमानदारिताका साथ अगाडि बनाउने छौं । राम्रो कति गर्न सक्छौं थाहा छैन तर नराम्रो एउटा पनि गर्ने छैनौं । २०८१ साल केही काम देखिने वर्ष हो । यो वर्ष केही न केही हुनेछ । युवाहरु सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने संकेत देखिएको छ । हामी यसलाई कार्यरुप दिनका लागि लागिपरेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार